यी ८ व्यक्ति जसले अचम्मको विश्व रेकर्ड बनाए

काठमाडौं । विश्व रेकर्ड बनाउन वा गिनिज बुकमा नाम लेखाउन अस्वभाविक क्षमता र सीप नै हुनुपर्छ भन्ने छैन । केही व्यक्तिले सीप र क्षमताबिना अनौठो रेकर्ड बनाउन सफल सफल भएका छन् । त्यस्ता व्यक्तिमध्ये यी ८ जना पनि पर्छन् जसले सबैभन्दा लामो शारीरिक अंग भएका कारण विश्व रेकर्ड बनाएका छन्ः

१.  लि रेडमण्ड

लि रेडमण्डले पालेका नङ निकै लामा छन् । सन् १९७९ बाट पालेका उनका नङको लम्बाई ९० सेन्टिमिटर छ । सबैभन्दा लामा नङ पालेर नै रेडमण्डले विश्व रेकर्ड बनाउन सफल भएकी हुन् ।

 

२. राधाकान्त राजभाई

राधाकान्त राजभाईको कानमा रहेका लामा रौंले उनलाई चर्चामा ल्याएको छ । उनको कानका रौं अन्य मानिसको कानका रौं भन्दा लामा मानिन्छन् ।

३. गेरकरी ब्रासो

हालसम्मको रेकर्ड अनुसार सबैभन्दा लामो जिब्रो निक स्टोबर्लको मानिन्छ । उनको जिब्रोका लम्बाई ३.९१ इन्च छ । तर गेरकरी ब्रासोले आफ्नो जिब्रो सबैभन्दा लामो भएको दावी गरेका छन् । उनको जिब्रोको ४.५ इन्च लामो छ ।

४.भ्यालेरी स्माग्ली

भ्यालेरी स्माग्लीका परेला संसार कै सबैभन्दा लामा छन् । लामा परेकाका कारण उनले विश्व रेकर्ड बनाएका हुन् ।

५. स्भेतलाना प्यान्क्रातोभा

स्भेतलाना सबैभन्दा लामा खुट्टा भएकी महिला हुन् । उनका खुट्टा ५१. ९ इन्च लामा छन् ।

६. म्याथ्यु म्याकग्रोरी

म्याकग्रोरीले खुट्टाका बुढी औंला लामा भएका कारण विश्व रेकर्ड बनाएका छन् । उनका बुढी औंला विश्वकै सबैभन्दा लामा मानिन्छन् । म्याकग्रोरीका बुढी औंलाको लम्बाई ५ इन्च रहेको छ ।

 ७. जि किउपिङ

किउपिङले पनि सबैभन्दा लामो शारीरिक अंगका कारण विश्व रेकर्ड बनाएकी छन् । उनको कपाल विश्वकै सबैभन्दा लामो मानिन्छ । किउपिङको कपाल ५.६ मिटर लामो छ ।

८. मेहमत ओजुरेक

मेहमतको नाक संसार मै सबैभन्दा लामो मानिन्छ । उनको नाक ३.५ इन्च लामो छ ।

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *